साहारा विहिनहरूको साहारा बनिन् सोनाली,नयाँ घर निमार्ण भएपछि बृद्ध दम्पति खुसी



ओमप्रकाश गुप्ता, सिसहनियाँ । याे संसारमा अझै पनि जिउँदाे भगवान् बिरलै पाइन्छ । यस्तै जिउँदाे भगवानकै कारण कयाैं बेसाहा मान्छेहरू सहाराकाे अनुभूति गर्न पाएका छन् ।

प्रशंग हाे दाङ-देउखुरीकाे लमही नगरपालिका-१ नर्ती निवासी एक बृद्ध दम्पतिकाे कहाली लाग्दाे पिडा । नर्ती निवासी बृद्ध दम्पति धनिराम चौधरी र दशनी चौधरीको अवस्था निकै दयनिय र पिडादायक छ । त्यही पिडामा मलहम पट्टी लगाएकी छिन् सोनाली विश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण देश पुरै लकडाउन भइरहेकाे समयमा काठमाडाैंबाट गृह जिल्ला दाङकाे लमही आएकी साेनाली पुनमगरलाई बेसाहारा, दिनदुखीहरूलाई जब राहत दिने इच्छा जाग्याे ।

त्यसपछि साेनाली लमही नगरपालिका अन्तर्गतका सम्पूर्ण वडामा राहत बितरण गर्ने अभियान चलाइन् । साेही अभियानकै क्रममा सोनाली जब वडा नम्बर १ नर्ति पुगेकी थिईन । त्यहाँ पुग्दा ती दम्पतीको दयनीय अबस्था देखेर उनले आफ्नो मनलाई थाम्न सकिनन् ।

अन्तत : घरै बनाईदिने निष्कर्शमा पुगिन् । उनी भन्छिन उहाँहरुको अबस्था देखेर जो कोहीको पनि मन त रुन्छ नै । “आफ्नो मनलाई थाम्न नसकेर नै यो निर्णय लिए, उनले भनिन् । तिनै बृद्ध दम्पतीका लागि लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुनमगर एक असल छोरीको रुपमा स्थापित भईन ।

समाजसेवी सोनालीले आफ्नो व्यक्तिगत १ लाख र लमही नगरपालिका वार्ड नम्बर १ काे कार्यालयबाट २० हजार गरी कुल १ लाख २० हजारकाे लगानीमा २ कोठे पक्की घरको निर्माण कार्य पूरा गरी ती  बृद्ध दम्पतिलाई आज साेमबार एक कार्यक्रमका बीच नयाँ घर प्रबेश समेत गराइएकाे छ । आज याे पक्की घर तयार गरेर ती बृद्ध दम्पतिलाई घर प्रबेश गराउन माैका पाए, सोनालीले भनिन् । नयाँ घरमा प्रबेश गराएरपछि साेनालीले आज ती बृद्ध दम्पति सँगै बसेर एकछाक खाना समेत खाएकी छिन्  ।

ती दम्पती भन्छन् सोनाली जस्ता सन्तान लाई जो कोही बाबा आमाले जन्मदिन सक्दैन । सोनाली पुनमगर कुनै धनाढ्य की छोरी होईनन् तर उनमा एक विशाल हृदय अवश्य छ । त्यसैले त हामी जस्ता बृद्धका लागि बस्ने पक्की घर बनाइदिनु भयाे ती बृद्ध दम्पतिले भने । साेनाली कुनै कुनै समयमा मेरै छाेरी थिइन् जस्ताे लाग्छ ती दम्पतिले भने ।

साेनाली केहीबर्ष यता काठमाडाैंमा बसेर मानवशास्त्रबाट स्तानकाेत्तर अध्ययन गरिरहेकी छिन् भने उनी पूर्व स्वास्थ्यकर्मी पनि हुन् ।

यस अघि ६५ वर्ष उमेरका ती दम्पती भत्किनै लागेको सिटाको बार माटोले लिपेको घर, उत्तर पट्टिको भित्ता ढल्केको घरका बस्थे । पानी पर्दा त्यही खुल्ला ठाउँ हुँदै पानी बगेर घरभित्रै पानी पानी हुन्थो । कति रात त उनीहरुले आँखा नचिम्लेरै रात गुजारा गर्थें ।

बिडम्बना ३ वटा छोराहरुको बाल्यकाल मै अकालमा मृत्यु भएको थियो । ३ वटी छोरीहरु लाई हेरचाह गर्दै उनीहरुको जीवन संघर्षमय बन्यो । बिस्तारै छोरीहरु हुर्कदै गए, ती दम्पतीको उमेर पनि ढल्कदै गयो ।

छोरीहरुको बिवाहको समय नजिकियो, उमेर पुगेपछी ३ वटै छोरीको कन्यादान पनि भयो । त्यस पश्चात् यी दम्पतीहरु एक्लै बस्दै आएका छन् । सबै छोरीको बिवाह भएपनि कान्छी छोरीले बेला-बेलामा बाबा आमाको हेरचाह गर्थिन् । उनीहरुलाई पुग्ने राशन पानी आफ्नै घरबाट लिएर दिने गर्थिन । तर, उनले बाबा आमाको हेरचाह सधै गर्न सकिनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्