७ नम्बर वडाबासीलाई कर्रि बन समुहको राहात



टेकबहादुर पुन, दाङ्ग । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित कर्रि सामुदायिक बन उपभोक्ता समितिले लकडाउनले प्रभावित भएका परिवारका लागि राहात रकम उपलब्ध गराएको छ । बन समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले वडा अन्तरगतका अति बिपन्न तथा मजदुर हरुका लागि ६० हजार रुपैयाको चेक वडा सदस्य केदार चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

समुहका अन्य पदाधिकारी सहित मङ्गलबार वडा कार्यालयमा पुगेका अध्यक्ष घर्तीले वडा अन्तरगतका अति बिपन्न तथा मजदुरको सही पहिचान गरि खाद्यान्न उपलब्ध गराउन अनुरोध गरे । वडा सदस्य चौधरीले एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि खाद्यान्न बितरण गरिने जनाए । उनले लकडाउनका कारण छाक टार्ननै मुस्किलमा परेका परिवारको सही पहिचान गरिने बताए ।

लकडाउन अझै बढ्न सक्ने सम्भावना देखेपछी वडा अन्तरगतका बिपन्न तथा मजदुरका परिवार थप प्रभावित नहोउन भन्दै राहात रकम उपलब्ध गराएको बन समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिए । “लकडाउन खुल्ने स्थिति देखिएन, जसले गर्दा दैनिक मजदुर गरि खानेहरु अझै प्रभावित हुन्छन अध्यक्ष घर्तीले भने-समुहबाट सक्दो सहयोग मात्र गरेका हौँ, ब्यक्तीगत नभएपनि सँस्थागत सहयोग सबैले गरौँ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्