किन गरिन प्रेम तिम्रो छोरिले ?



हिजो रुकुम बाटै दलित,जनजाति,आदिबासि, उत्पिडित बर्ग कै नाराले सुरु भयको १० बर्से जनयुद्धमा छुवाछुत मुक्त भयको ठाउमा फेरि आज यो दर्दनाक घटना कसरी घट्यो ?

को हो फेरि छुवाछुद र विभेद लाई जनमाउने ? कस्ता अनुहारका मान्छे हुन ?कस्तो छ तिनिहरुको रगत ?

के नबराज बिक र तिम्रो छोरिको रगत फरक थियो ? यदि फरक थियो भने किन गरिन प्रेम तिम्रो छोरिले ? दिमाग छ भने गहिरियर सोच्नुस तिम्रो छोरिको प्रेमले गर्दा ३जनाको ज्यान गयको छ ३जना लापत्ता छन ।के यसको क्षति पुर्ति तिर्न सक्छौ?

त्यो कालो कर्तुतले गर्दा रुकुम जिल्लाकै बेज्यत भयको छ देशकै बेज्यत भयको छ।यो घटनाको छानविन कतै पनि बाङ्गो नगरायर सिधा सिधा हुनु पर्छ र सत्य तथ्य छानविन गरि हदै सम्मको कार्बाहि होस पिडितले न्याय पाउनु पर्छ।

मृतकका आफन्त प्रति सोकलाई शक्तिमा बदल्ने आट र साहास पैदा होस ।मृतक हरु पर्ति हार्दिक श्रदानजलि !!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्