दलित यूवकको हत्याले छर्लङ्ग, नेपाली समाजको समस्टिगत तस्बिर




डेभिड घले
नवराज विक, जाजरकोट भेरी नगरपालिका – ४, रानागाउँबाट रुकुमको चौरजहारी नगरपालिका –८, सोतीमा आफ्नो प्रेमिका सँग प्रेम विहे गर्न आफ्ना साथीहरु लिएर पुग्दै गर्दा, कथितमाथिल्लो जातकी यूवतीका आफन्त लगायत सिङगो स्थानीयले अन्धाधुन्दा आक्रमण गरी प्रेमी नवराज विक लगायत उनका साथीहरु टिकाराम सुनार , गणेश बुढामगर र लोकेन्द्र सुनारले ज्यानगुमाएभने अझै दुई जना वेपत्ता छन्, र धेरै संख्यामा दलित समुदायका मानिसहरु घाइते भए,अझ कतिपयले भेरी नदीमा हामफालेर ज्यानजोगाएका छन् ।

आजको नेपाली समाजमा यस घटनालाई जातीय विभेदको संकुचित मनोविज्ञान र निहत्थायूवाहरु माथिको आक्रमण मात्र भन्न मिल्दैन । यस घटनाले नेपाली समाजको अश्ली तस्बीरलाई प्रष्ट देखाएको छ । दलित यूवाहरुको हत्या र आक्रमण केवल व्यक्ति हत्या सँग मात्र जोडेर हेरिनु गलत हुन्छ । किनभने यस घटनामा सिङगो गाउँ नै सँलग्न छ ।

यो कुनै व्यक्ति बीचको मनमुटावको परिणाम होइन । यो सामुहिक नरसंहार हो । त्यतिमात्र नभएर घटना भएको ठाउँ तत्कालिन माओवादी जनयुद्धको ठूलो प्रभाव भएको र छुवाछुतमुक्त जिल्ला पनि हो । यसले गैरदलित समुदायको चेतना माथि प्रश्न मात्र गरेको छैन, समग्र नेपाली समाज र सनातन देखि चलिअएको धर्म सँस्कृति भित्र व्याप्त कैयंन विकृति विसंगती र अन्धविश्वासको समेत उजागर गरेको छ । निश्चित रुपमा देशमा संवैधानिक व्यवस्था वा कानुन नभएको कारण यस्ता घटनाहरु दोहोरि रहन्छ भन्ने तर्क दिनु नेपाली समाजको चेतनास्तरको वास्तविकता लुकाउनु हो ।

‘नेपालको संविधान २०७२’ ले प्रष्ट सँग भनेका छ, वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक तथा भौगोलिक विविधतायूक्त विशेषतालाई आत्मसात गरी विविधता वीचको एकता समाजिक, सँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै, वर्गीय जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैगिंक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प उल्लेख छ ।

कानूनी पक्षलाई हेर्ने हो भने, त्यति मात्र होइन नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको करिब ५७ वर्ष भएको छ । त्यसरी नै मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कानूनी रुपमा मात्र होइन व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसदले २१ जेठ ०६३ मा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभुति देशको कानुनले गरेको छ । तर के त्यो व्यवहारमा लागु हुन सकेको छ ?

प्रश्न नवराज विक लगायत हत्याको घटना सँग मात्र सम्बन्धित छैन यस्ता नगन्य घटनाहरु हाम्रो समाजमा पटक – पटक दोहोरिरहनुले कोहि कसैलाई दोषी ठह¥याउदैमा, राज्य÷गृहमन्त्री÷प्रादेशिक सरकार स्थानीयनिकाय, जनप्रतिनिधिलाई प्रश्न गर्दैमा यसका दीर्घकालीन समाधान ननिस्कने निश्चित छ ।

आजभन्दा ४ वर्ष अघि धादिङको अजित मिजार हत्याको घटना होस् वा २०६८ भदौ दैलेखमा सेते दमाईलाई गैरदलितहरुले छातीमा खुकुरी हानेर मारेको घटना र विगत केहीवर्ष यता २५ जनाभन्दा बढी यूवाहरु जातीय छुवाछुतको आधारमा मारिनुले सरकार÷कानुनलाई मात्रप्रश्न गरेको छैन, सिङगो समाजिक अवस्थालाई चित्रण गर्दछ ।

विश्वमा नै उत्कृष्ट मानिएको संविधान भएको देश नेपालको नागरीक माझ कानूनी राज्यले वास्तविक रुपमा कसलाई न्यायदिएको छ त भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । साँञ्चै यथार्थको जगमा टेकेर टिप्पणी गर्नेहो भने, यस देशका सम्भ्रान्त÷प्रभूत्ववर्गले राज्य संरचनाको बलमा निश्चित समुदायलाई अछुत अशुद्ध, हीन, अपवित्रको नाममा किनाराकृत बनाउने र अर्को तिनै वर्ण, जात र लिङगका मानिसको श्रम, सेवा र शरीर भोग्दै, आफ्ना श्रेष्ठता, पवित्रता र शुद्धतामा गर्ववोध गर्ने सदियौ देखिको सामन्तवादको अवशेषको नेतृत्व गर्ने कामहिजोका क्रान्तिकारी भनिनेहरुकै नेतृत्व भैरहेको छ ।

राजनीतिक फाइदाको लागि घोकाइएका छुवाछुत विरोधी भाषाणहरु केवल सत्ताकालागि खुराग थिए । निमुखा दलितहरुलाई दबाइरहने दलिय व्यवस्थाभित्रको अर्को डरलाग्दो पक्षहो। आज सम्भ्रान्त÷प्रभुत्ववर्गको पालन पोषणमा हुर्केका दलिय तथा कथितन्याय प्रेमीहरु शासन सत्ताको वरिपरि बसेर प्रश्नगर्दैछन् । गैरदलितहरुदलितलाई बोलिमान्याय माग्छन् र व्यवहारमा लुट्छन् तीनै जमातको चर्को स्वरले दलितमुक्ति संभव देखिदैन ।

हिजो जातिय मुक्ति र राज्यको सपना बाड्ने क. प्रचण्ड र बावुराम सँग जवाफमाग गर्नुपर्दछ । राम व. बादल र जनार्दनहरु त केवल तीनका मतियार हुन् । हजारौं यूवाहरुलाई युद्धको मैदानमा धकेलेर बर्बरता पूर्ण हिँसाको राजनीतिलाई सत्तासँग साटेकाहरुलाई सोध्नु पर्छ । के यहि हो दलित मुक्ति ?

वर्तमान नेपालको विकसित राजनीतिक घटनाक्रम सँगै सिमाविवाद सन्दर्भमा भारतीय सञ्चार माध्यमहरु मार्फत त्यहाँका पूर्व सैनिक जनरल बक्सीस लगायतको दाबीलाई सत्य मान्ने हो भने तत्कालीन माओवादी भारतीय सँस्थापन पक्षको लािग काम गरिहेका थिए । १७ हजार नेपालीहरु मारिनुमा औलामा गन्न सकिने नेपालको लागि भारतीय दलालहरु जिम्मेवार छन् ।

यस्ता कठपुतलीहरुबाट दलित÷जनजाति गरिब, निमुखाहरुको मुक्ति सम्भव थिएन, तसर्थ उनीहरुले जनताको रगतलाई सत्तासँग सम्झौता गरे । अब उप्रान्त पनि यी मानिसहरुबाट देशको भलो हुदैन भन्नेमा ढुक्क रहनु नै विवेकशील ठहरिन्छ ।

भर्खरै दलित यूवकको प्रेम सम्बन्ध र त्यस घटनाले निम्त्याएको डरलाग्दो नेपाली समाजको वास्ताविकता र चेतना स्तरले के प्रष्ट पार्दछ भने, प्रेम गरेकै कारण मर्नुपर्ने, दलित भएकै कारण मारिनुपर्ने सिङगो गाउँ नै दलितहरु माथि निर्ममता पूर्वक आक्रमण गरेको अवस्था छ । प्रश्न कुनै जिम्मेवार पक्षलाई सोधिएर अन्त्य हुनेवाला छैन । अब बेला आएको छ, हाम्रो धर्म संस्कृतिका सिमित ठेगदारहरुलाई प्रश्न गर्ने, शास्त्रमाके त्यस्तो लेखिएको छ,जसले दलितहरुलाई नछुन भन्छ, होइनभने, सनातन देखि चलिआएको धर्म संस्कृति भित्रको नराम्रा पक्षहरुलाई मेटाउने हिम्मत राख्नुपर्दछ ।

जब सम्म हमी हाम्रा धर्म संस्कृतिलाई निश्चित व्यक्ति÷वर्ग÷समुदाय विरुद्ध लक्षित गरेर समाजमा छुत÷अछुतको भ्रम सिर्जना गरिरहन्छौ तब सम्म सरकार वा कानूनलाई गाली गर्नु“अनुहारमा फोहोर राखेर ऐना सफा गरिरहनु” जस्तै हुन्छ । त्यसकारण जहिले सम्म “ढुङगालाई दुध र मान्छेलाई मुत”खुवाउने नेपाली समाजको गलत परम्परालाई संस्कृतिको रुपमाव्याख्या गरिरहन्छौ तब सम्म देशले यस्तो छुवाछुत÷विभेदको जन्जिरबाट नेपाली समाजलाई माथि उठाउन असम्भव प्राय छ ।

कथित हिन्दु अतिवादका विद्धान र उच्च जात भनिएकाहरुले हिन्दुधर्म जर्मन लगायत पश्चिमा देशहरुमा समेत फैलिरहेको दाबी गरिरहदाँ आधुनिक मानव समाजले राख्ने जिज्ञासा, खोज, अध्ययन, अनुसन्धान भइरहेको सत्यलाई नकार्न मिल्दैन पछिल्लो समय पूर्वी दर्शनको सन्दर्भमा पश्चिमाहरुले खोज अनुसन्धान अघि बढाएको विषयलाई विकसीत मानव समाजको सकारात्मक पक्षको रुपमालिने कि विश्व समुदाय नै हिन्दुमय भैइसक्यो भनेर गर्वबोध गर्ने ?

कुनै पनिदर्शन वाविषयको बारे बुझ्न खोन्नु भनेको आधुनिक मानव सभ्यतामा ज्ञानको दायरा बढाउनु हो। दुनियाको मानव सभ्यतालाई सकरात्मक ढङगको प्रभावपार्न सक्ने हाम्रो पूर्वीय दर्शन नेपाल देशको विभेदकारी विकृतिहरु मेटाउन किन असफल छ ?

हो, ०६२÷०६३ को जनआन्दोलन पश्चात दलितलगायत तमाम विषयहरुलाई लिएर चर्को बहसहरु नभएका होइनन् । परिणाममा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा दलित÷जनजाति÷अल्पस्ंख्यक निम्नवर्ग, समुदायका प्रतीनिधिमुलक पात्रहरु देशको नेतृत्व तहमा नदेखिएको होइन ती मानिसहरु पनि सत्ताको स्वादचाखि सके पश्चात त्यहि वर्ग समुदायमाथिको नयाँशासक र विभेदकारी नीतिको पृृष्ठपोषक भएर निस्कने गर्दछन् ।

आजनेपाल जस्तो अविकसीत देशमा प्रतिनिधिमूलक कोटाका पात्रहरु सत्ता टिकाउने र गिराउने खेलमा ज्यादा खरिद बिक्री हुने गरेका छन् र तिनै नवधनाढ्यहरुलार्ई क्रान्तिकारी उपनामपनियहि समाजले दिएको छ । नेपालको संविधानले कमजोर वर्गलाई केन्द्रित गरेर देशको लेकतान्त्रिक व्यवस्थाको मापन गर्ने आशय अनुभूत गराउछ तर व्यवहारमा संविधान÷कानूनले उच्च जात भनिएका वर्गका मानिसहरुको अनुकुल प्रयोग भइरहेको यथार्थ सबै सामू छर्लङ छ ।

सनातन धर्म संस्कृति जोगाउने नाउँमा आफूलाई कहिल्यै परिवर्तन नगर्ने, यस भित्रका खराब पक्षहरुको वकालत गर्दा धर्म विरोधी भइने, अमूक व्यक्ति वर्ग÷समुदायले यस्ता अन्धाविश्वासले जेलिएको कुरितिबाट निस्कन खोज्दा धर्म परिवर्तनको आरोप लाग्ने, सम्भव भए सत्ताको गलतप्रयोग गर्दै दण्डीत गराउने सम्म हुन्छ ।

नेपाली समाजमा घटित अनेकन प्रकृतिका घटनाहरुको सन्दर्भमा बर्तमान क्रान्तिकारी पृष्ठभूमिका गृह मन्त्री राम ब. बादललाई जिम्मेवार ठह¥याउला,प्रश्न गरौला, दोषीहरुलाई दण्डीत पनि गरिएला तर २१ औं शताब्दीको उद्धराद्र्धमा आधुनिक मानव सभ्यताको अधिकतम अभ्यास भइरहेको वर्तमान प्रतिस्पर्धात्मक दुनियाँमा नेपाली समाजको लागि छुवाछुत विभेदको यो नैअन्तिम घटना होला ?

आम रुपमा सबैले कामना गरौं यस्ता मानवीय संवदेनालाई नै भेरी नदीमा बगाउने खालको बर्बतापूर्ण विभेदकारी घटना नदोहोरीयिोस् तर कामना गर्दैमा यस्ता घटना अब उप्रान्त दोहारिदैन भन्नेमा निश्चित रहनु नेपालीजनको ठुलो भूलहुनेछ । आज हामीले कामना मात्र होइन संकल्प गर्न जरुरी छ, समाजमा व्याप्त यी तमाम विकृति विसंगतीलाई प्रत्येक नेपालीको मानसपटल र घर–घरबाट भगाउन जरुरी छ ।

अन्धविश्वास र कुरितिहरुको विरोध र सुधार दुबै गर्ने हिम्मत गर्नुपर्छ खासगरी निम्नवर्ग÷समुदायले यस विरुद्ध जाग्न जरुरी आवश्यक छ । आधुनिक नेपाली समाजमा नयाँ ढङगको क्रान्ति आवश्यक छ । जुनकुनै राजनीतिक दल वा स्वार्थबाट प्रेरित समुहहरुबाट सम्भव छैन, यदि समाजमा विकाउ र चर्चाको लागि गरिने अभियानहरु यसको स्थायी समाधान मानियो भने फेरि सुकीला मुकीलाहरु कै हित सिवाय परिणाम शून्य हुने अवस्था पक्का छ ।

अन्तमा, नवराज विक लगायत मृतकहरु प्रति श्रदाञ्जली व्यक्त गरिरहदाँ पीडितहरुलाई न्याय र पीडकहरुलाई दण्डको मागलाई बुलन्द बनाउदै गर्दा नेपाली समाज र कठित उच्च जात÷वर्गका मानिसहरु लक्षित सवालहरुलाई गम्भिरता पूर्वक ग्रहण गर्नु पर्छ । र धार्मिक÷सांस्कृतिक पक्ष जस्तो मानवीय सभ्यता सँग जोडिएको संवेदनशील विषयमा आम नेपालीजनले आफैमा प्रतिप्रश्न गर्नु पहिलो कदम ठहरिनेछ । आशा गरौ आगामी दिनहरुमा नेपाली समाजमले स्वस्र्फूत रुपमा यस प्रकारका पुरातन धार्मिक मान्यताहरुलाई तोड्दै मानव सभ्यतामा भएको आमूल परिवर्तनलाई आत्मासाथ गर्दै विभेद र मानव अधिकारको दृष्टिकोणबाट दुनियालाई चुनौतीदिन सफल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्