आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने



काठमाण्डौँ, जेठ १५
सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम सञ्‍चालन गरिने र आगामी वर्ष साक्षर नेपाल घोषण गरिने बताए । उनले गुणस्तरीय र सेवा उपयोगी शिक्षा अवलम्बन गरिने बताए ।

आगामी वर्ष माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने उनले बताए । दिवा खाजा कार्यक्रम देशभर लागू गरिने र त्यसबाट २८ लाख बालबालिका लाभान्वित हुने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्