शर्टिङ शुटिङ सहितको टेलरिङ्ग ब्यवसायीलाई लाग्दै आएको अनिवार्य भ्याट फिर्ता




काठमाण्डौँ, जेठ १६
आर्थिक वर्ष ०७५÷७६ को बजेट बाट शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई अनिवार्य भ्याट लगाएकोमा आ.व ०७७÷०७८ देखि अनिवार्य भ्याट खारेज हुने भएको छ । विहिवार अर्थ मन्त्रि यूवराज खतिवडाले प्रस्तुत गर्नु भएको वजेटमा शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई लाग्ने अनिवार्य भ्याट खारेज गर्नु भएको हो ।

नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघले देशै भरिका जिल्ला प्रशासन कार्यलय मार्फत र प्रदेश सरकारका अर्थमन्त्री मार्फत अर्थ मन्त्रीलाई अनिवार्य भ्याट खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने ज्ञापन पत्र बुझाइएको थियो ।

महासंघको तर्फबाट देशै भरीको टेलरिङ ब्यवसायी माथी पर्न गएको गम्भीर समस्या लाई मध्यनजर गराउदै विभिन्न चरणमा प्रत्यक्ष रुपमा चरणबद्व छलफल गरि अनिवार्य भ्याट हटाउने सहमती भए अनुरुप प्रस्तुत बजेटबाट अनिवार्य भ्याट खारेजीसंगै कोरोनाका कारण थप समस्यामा परेका साना तथा मझौला उद्यमी व्यवसायीहरुको व्यवसायिक भविष्य धराशायी भई व्यवसायबाट नै विमुखभई पलायन हुनुपर्ने परिस्थितिको अन्यगर्ने नेपाल सरकारको निणर्य स्वागतयोग्य भएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठले वताए ।

प्राय घरेलु महिलाहरुले गर्ने यस व्यावसायलाई सरकारले केहि ठुला व्यावसायीसंग जोडेर अनिवार्य भ्याट लगाउदा साना व्यावसायीलाइ परेको मार्काको समाधान अनिवार्य भ्याट खारेज भएको कुराले हामी देशै भरिका कपडा तथा सिलाइ ब्यवसायिहरुमा खुसिको लहर पैदा भएको छ नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ राष्टिय महिला उधमी सिप बिकास समितिका संयोजक मेनका श्रेष्ठले वताईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्