पैदल यात्रुलाई माईक्रो फाईनान्स शाखा कार्यालय बनगाउँको खाजा, पानी र मास्क



टेकबहादुर पुन, दाङ्ग । माईक्रो फाईनान्स लघुबित्त बित्तिय सँस्था शाखा कार्यालय बनगाउँले पैदल यात्रीलाई खाजा नास्था खुवाउँदै आएको छ । कोरोना भाईरसका कारणले प्रभावित तथा गन्तब्यमा पुग्न पैदल हिँडेका यात्रीहरुलाई खाजा पानी सँगै मास्क पनि बितरण गरेको छ ।

जेष्ठ ११ गतेदेखी शुरु गरेको सँस्थाले अहिले सम्म करिब २ सय यात्रीहरुलाई नास्था पानी माक्स बितरण गरेको शाखा प्रमुख सतिस पौडेलले जानकारी दिए । महामारीको बेला दुख पाएका यात्रीहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी महसुस भएको उनको भनाई छ ।

शुक्रबार पनि शाखा कार्यालय बनगाउँले लकडाउन भएसँगै पैदल यात्रीहरुलाई नास्था खुवाउँदै आएको पतञ्जली योग लमही नगर समिति लाई खाजा, पानी र माक्स हस्तान्तरण गरेको छ । शाखा प्रमुख पौडेलले पतञ्जली योग समितिका अध्यक्ष भेषराज भट्टराईलाई ५ कार्टुन पानी, १ सय पिस माक्स र चाउचाउ, बिस्कुट, चिउरा, नम्किन सहितको १ सय पोका खाजा हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष भट्टराईले खाजा उपलब्ध गराउने माईक्रो फाईनान्स लघुबित्त बित्तिय सँस्था शाखा कार्यालय बनगाउँलाई धन्यबाद दिँदै यात्रुहरुलाई खाजा खुवाईने जानकारी दिए । पतञ्जली योग लमही नगर समितिले देशमा लकडाउन भएसँगै खाना, खाजा खुवाउँदै आईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्