‘भ्वाईस अफ नेपाल’का पृथ्वी खनालको ‘सरर लिपुलेक’ सार्वजनीक



काठमाण्डौँ, जेठ १८
‘द भ्वाईस अफ नेपाल सिजन(२’ मा आफ्नो बलियो प्रस्तुतीबाट दर्शक तथा जजहरुको मन जितेका गायक पृथ्वी खनालले आफ्नो पहिलो गीत सार्वजनीक गरेका छन् । ‘सरर लिपुलेक’ बोलको यस गीतमा पछिल्लो समयको जल्दोबल्दो विषय नेपाल र भारतको सीमा विवादलाई उठाईएको छ ।

पृथ्वी खनालको स्वर रहेको गीतमा डम्बर हिमाङको शब्द संगीत रहेको छ । सञ्चारकर्मी हरि पुन मगरको निर्देशन रहेको यस भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन् । गीतको भिडियोमा कमेडी च्याम्पियनबाट चर्चामा आएका खड्ग बहादुर पुन (खबपु) फिचर्ड छन् ।

लकडाउनकै समयमा तयार पारिएको यस गीतलाई गायक पृथ्वीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गायक खनाल नुवाकोटका हुन् ।
हेर्नुहोस् भिडियो :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्