कर चुक्ता मिति असोज मसान्त कायम गर्न नाडाको आग्रह



काठमाण्डौँ, जेठ २१
सरकारले जेठ २५ सम्म सबैखाले कर चुक्ता गर्न दिएको निर्देशन प्रति नाडा अटोमोबाइल्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले जारी गरेको लकडाउन अवधिमा व्यवसायीले कर चुक्ता गर्न नसक्ने भन्दै उसले आगामी असोज मसान्त सम्म कर चुक्ता मिति कायम गरी सबै व्यवसायीको मनोबल उच्च राख्न समेत उसले सरकारसँग आग्रह गरेको छ।

‘देशको जटिल अवस्थामा अटोमोवाइल व्यवसायमा संलग्न देशका सवै व्यवसायीहरुले समेत यसको विरोध जनाइरहेको सर्वविदितै छ,’ नाडा महासिचव सुनील रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल असोज मसान्तसम्म थपगरी सबै अटोमोबाइल व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौँ।’

व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठिन भएको कुरा मौखिक रुपमा जानकारी दिँदै असमर्थता व्यक्त गर्दे आएको सन्दर्भमा आफूहरूको समस्याप्रति सरकारले बेवास्ता गरेको आरोप समेत नाडाले लगाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्