आजको मौसम: वर्षाको सम्भावना , कुन क्षेत्रमा कस्तो ?



 

काठमाडौँ । देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको मौसमविदले बताएका छन्।

देशभर हाल सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

बिहीबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना छ।

पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्