एमसिसि पारित भए मुलुकले ठुलो क्षेती गुमाउने छ -विश्वास



जुम्ला संवाददाता ।
विप्लव नेतृत्व नेकपा जुम्लाले एमसिसि पारित भएमा भविष्यमा देशमा ठुलो क्षेती हुने चेतावनी दिएको छ।
विप्लवका जुम्ला जिल्ला इन्चार्ज विस्वासले एक विज्ञप्ति मार्फत वर्तमान केपी ओली नेतृत्वको सामाजिक फासीबादी सरकारले सदनमा पेस गरेको एमसिसि अमेरिकन सयोग नियोग परियोजना नेपाल राष्ट्र र नेपाली जनताका लागि ठूलो राष्ट्रघात भएको ले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्ला कमिटीको गहिरो ध्यानाकर्षण भएको छ। उक्त परियोजनामा सत्ताधारी पार्टी डबल ने.क.पा भित्र विवाद हुदा हुँदै पनि प्रतिपक्ष दलका नेता अमेरिकन एजेन्ड सेर वहादुर देउवा र सरकार प्रमुख केपी शर्मा ओलीले जबर्जस्त एमसिसि परियोजनालाई सदन मार्फत लाद्न खोज्दा नेपालको राष्ट्रिय सार्वभौमिकता संकटमा परेको बेला राष्ट्रिय स्वाभिमान चाहाने नेपालीहरूले यसको प्रतिरोध गर्नु अनिवार्य हुन्छ। यसै सिलसिलामा हाम्रो गौरशाली पार्टीले उक्त परियोजनाको विरुद्ध देशब्यापी संघर्षका कार्यक्रमहरु घोषणा गरेको कुरा सबै सामु सर्व जिवितै छ ।

विज्ञप्तिमा पार्टी केन्द्रको घोषित कार्यक्रमलाई कार्यनयन गर्ने क्रममा यहि मिति २०७७ साल जेठ २२ गते साझ ९:०० बजेको समयमा घर फर्कदै गर्दा बाटोमा जुम्ला जिल्ला सिजा गाउपालिका वडा न.१ डिग्रा निवासी इमान्दार,कुसल,कर्मठ ,आमूल परिवर्तनप्रति प्रतिबद्ध ,राष्ट्रिय स्वाभिमानीको पक्षधर पार्टीका जुजारु युवा तथा जुम्ला जिल्ला पार्टी सदस्य कमरेड शक्तसिंह रोकायालाई प्रहरी प्रशासनले गैर न्यायिक ढंगले गिरप्तार गरिएको हुदा उक्त गैर न्यायिक गिरप्तारीको हाम्रो जिल्ला पार्टी घोर भत्सर्ना गर्दै विना सर्त रिहाइको तत्काल माग गर्दछ।

इन्चार्जले विज्ञप्ति मार्फत राष्ट्रघाति एमसिसी परियोजना पास भएको खण्डमा हाम्रो राष्ट्रले भविष्यमा ठुलो क्षति मल्नुका साथै साम्राज्यवादीहरुले रणभूमी बनाउने ठुलो चलखेल खेलेको हुदा राष्ट्रियता नै गम्भीर ओझेलमा पर्ने भएको हुदा जुम्ला जिल्लाबाट एमसिसी को पक्षमा बोल्ने जनप्रतिनिधिहरुले ठूलो क्षति मल्नु पर्ने छ र हाम्रो पार्टी कडा भन्दा कडा कार्वाही गर्नका लागि बाध्य हुनेछ।अन्यथा जिल्लामा सिआइडी,सुराकी र गिरप्तार धरपकट बन्द नगरेको खण्डमा हाम्रो जुम्ला जिल्ला पार्टी जुनसुकै मुल्य चुकाउन बाध्य हुने भएकाले यसको भागेदार सरकार र सम्बन्धित निकाय हुनुपर्ने छ भनी यस प्रेस विज्ञप्ति मार्फत जानकारी गर्दछौ। विज्ञप्ति :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्