राष्ट्रघाती एमसीसीका परियोजना संसदबाट पारित नगरियोस् : निर्माण

जनकार्बाही गर्ने विप्लव नेकपाको चेतावनि


जेठ २२ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाको सेतीमहाकाली ब्यूरोले एमसिसिका पक्षमा लाग्ने र बोल्ने सेती महाकालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा मन्त्रीहरुलाई जनकारबाही गर्ने घोषणा गरेको छ । । ब्युरो ईन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेका हुन् ।

यसको लागि शुरुमा उनीहरुलाई सेती महाकाली प्रवेश निशेध तथा कार्यक्षेत्र बहिष्कार कार्यक्रम राखिने छ । यसको लागि सेती महाकालीका सबै जिल्ला पार्टी कमिटीहरुले त्यस्ता राष्ट्रघाती सांसद, मन्त्री तथा जनप्रतिनिधिहरुको लिस्ट तयार पारी सार्वजनिक गर्न र जनताको साथमा जनकारबाहीलाई अघि बढाउन निर्देशन गर्दछौं । निर्माणद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै सात नम्बर प्रदेश सरकार र संसदलाई पनि राष्ट्रघाती एमसिसिका बिरुद्ध खडा हुन ईँन्चार्ज निर्माणले अपील गरेका छन् । प्रदेशमा पनि एमसिसिका पक्षमा बोल्ने र लाग्ने सांसद र मन्त्रीहरुलाई जनकारबाही गरिनेछ । साथै त्यसको पक्षमा लाग्ने संसदवादी पार्टीका नेता तथा स्थानीय जनप्रतिनिधिहरुलाई पनि जनकारबाहीको दायरामा ल्याइनेछ । विज्ञप्तिमा भनिएको छ ।
ईन्चार्ज निर्माणले केपी ओली नेतृत्वको सरकारको कालापानीमा देखिएको क्षणिक राष्ट्रवाद एमसीसीमा घोप्टिएको दाबी समेत गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्