गल्याङ्ग नपाका स्वास्थ्य प्रमुख मृत फेला

मृत फेला


स्याङ्जा संवाददाता । स्याङ्जाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डीएको अवस्थामा फेला परेकाछन् । आज बिहान बाट बेखवर रहेका स्वास्थ्य शाखा प्रमुख लिला बल्लउ भण्डारीलाई आज साँझ घर नजिकै झुण्डीएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । गल्याङ नगरपालिका वडा नंम्वर २ बटुवाका भण्डारी नगरपालिकाको स्वास्थ्य शाखा सम्हाल्दै आउनु भएको थियो ।

भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाईएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।

पारिवारिकका श्रोत अनुशार स्वास्थ्य प्रमुखबाट राजिनामा दिन चाहानु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्