बाँके र बर्दियामा तीन वर्षीय बालकसहित थप ४० जनामा कोरोना संक्रमण



काठमाण्डौँ, जेठ २४
बाँके र बर्दियामा आज (शनिबार) थप ४० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

बाँकेमा शनिबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जानकारी दिएको छ ।

संक्रमितहरु मध्ये ३ जना महिला रहेको र बाँकी सबै पुरुष रहेका छन् । कोरोना संक्रमित ३ बर्षका बालकदेखि ६० बर्षसम्म रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्