सर्लाहीको परवानीपुरका किसानहरु चर्को मुल्यमा मल (खाद) किन्न बाध्य



सर्लाही संवाददाता । सर्लाहीको लालबन्दी नपा वडा १५,१६ परवानीपुरका किसानहरु सरकारले तोकिएको मूल्य भन्दा दोब्बर मुल्यमा खाद किन्न बाध्य छन । वडा कार्यालयको सिफारिसमा सहकारी संस्थाले बितरण गर्ने प्राबधान रहे पनि अहिले किसानहरुको माग अनुसार खाद उपलब्ध गराउन नसकिएको वडाअध्यक्ष स्विकार्नु हुन्छ ।

फौजी किराले बाली नष्ट पारी रहेको यो अवस्थामा धेरै चर्को मुल्यमा व्यापारीसङ्ग मल (खाद) खरिद गर्न बाध्य भएको परवानीपुरका किसानहरुले गुनासो गरेका छन । किसानहरुलाई सर्बसुलभ मुल्यमा कृषि सामाग्री उपलब्ध कहिले हुने ? “कृषि क्रान्ति” को कुरा धेरै गरे पनि अहिलेसम्म किसानको मर्म बुझ्ने चेष्टा कसैले गरेको किसानहरु बताउनु हुन्छ ।कृषि सामाग्री संस्थान प्रा लि मा प्रती बोरामा ७०० लेखिएको हो भने परवानीपुराका ब्यापारीले प्रती बोरा १४ सय देखि १६ सय सम्ममा बिक्रि गरि रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्