कर्णालीमा थपिए ५४ जना नयाँ कोरोनाका संक्रमित



काठमाण्डौँ, जेठ २५
कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गराएको दिउँसो २ बजेसम्मको अपडेटमा कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

आज पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी सल्यानका २८ जना छन्। सल्यालनका बनगाड कुपिन्डे नगरपालिकाका २२ जना बेलखोला गाउँपालिकाका ३ र कुमाख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २० जनामा पनि संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये बराहताल गाउँपालिकाका २ जना, भेरीगंगा गाउँपालिकाका २ जना, वीरेन्द्रनगर नगरपालिकाका २ जना, चौकुने गाउँपालिकाका २ जना, लेकबेसी नगरपालिकाका ६ जना, पञ्चपुरी नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, दैलेखको भैरवी गाउँपालिकाका २ जना र चामुन्डा बिन्द्रासैनी नगरपालिकाका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ। कालिकोटको खाडाचक्र नगरपालिकाका २ र महावै गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्