गोरखा २ मा बाबुराम भट्टराईको अग्रता



सैघाली खबर
काठमाडौं,२२ मंसिर


गोरखा २ को प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईले अग्रता लिएका छन्। बिहीबार राति दोस्रो पटक सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ८३० र नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन्।

नयाँ शक्ति पार्टी नेपालका संंयोजक भट्टराईलाई नेपाली कांग्रेसको साथ छ भने माओवादी केन्द्रका नेता भट्टराईलाई नेकपा एमालेको साथ छ। यसअघि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा माओवादी केन्द्रका नेता श्रेष्ठले अग्रता लिएका थिए। जिल्ला समन्वय समितिको सभाहलमा गरिएको मतगणनामा सुरुमा पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतगणना गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्