रुकुम घटनाका दाेषीलाई कार्वाहीको माग गर्दै राजनीतिक दलद्वारा प्रशासनलाई ज्ञापनपत्र



 

कैलाली, कैलालीको टीकापुरका राजनीतिक दलहरूले जेठ १० गते जातिय बिभेदकै कारण पश्चिम रुकुममा निर्ममता पुर्वक गरिएको घटनाका हत्याराहरुलाई कार्वाहिकाे माग गर्दै आइतबार  ईलाका प्रशासन कार्यालय टीकापुरलाई ज्ञापन पत्र बुझाई सरकारलाई ध्यानकर्षण गराएका छन । पश्चिम चाैरजहारी नगरपालिका वडा न ८ साेतीका सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा न ४ रानागाउँका नवराज बिक बिचकाे अन्तरजातिय प्रेम सम्बन्ध लाई बिवाहमा परिणत गर्ने दाैरानमा जातिय विभेदका कारण नवराज बिक,लाेकेन्द्र सुनार,टीकाराम बिक,गणेश बुढा,सन्दिप बिक,गाेबिन्द शाहीकाे नरसंहार हत्याका दाेसीहरुलाई कडा कार्वाहिकाे माग गर्दै राजनितिक दलहरुले ज्ञापनपत्र मार्फत सरकारलाई ध्यानाकर्षण गराएका हुन । नेपाल दलित अायाेगका पुर्व केन्द्रीय सदस्य दान बहादुर बिश्वकर्माले जातिय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घाेषणा भएको १४ बर्ष प्रबेश गरिरहदा रुकुमा भएको बिभत्स हत्याकाण्डकाे सत्यतथ्य छानबिन गरि दाेषि माथि हदै सम्मकाे कार्वाहि गरि पिडित परिवारलाई उचित क्षतिपूर्तिकाे माग गर्दै प्रशासन ९ बुदे ज्ञापनपत्र बुझाएको बताए । ईलाका प्रशासन कार्यालय टीकापुरका कार्यालय प्रमुख हिरालाल चाैधरीले रुकुम घटना अाफैमा मानवताहिन अमानविय घटना रहेकाे भन्दै राजनीतिक दलले पेश गरेको ९ बुदे ज्ञापनपत्रलाई छिटाे भन्दा छिटाे सम्बन्धित निकायमा पुगाउने प्रतिबद्वता जनाए । जातिय बिभेदकै कारण देशमा छुवाछूत अन्त्य भएको एक दशकमै ३२ जना दलितकाे अमानवीय रुपमा हत्या भएको कुरामा सिगाेँ दलित समुदायले यतिबेला बिभिन्न किसिमका संघर्ष सहित आक्रोश व्यक्त गरि हक अधिकार सुरक्षाका लागी सरकारलाई दबाव दिईरहेका छन । अाईतवार प्रशासनलाई बुझाएको ९ बुदे ज्ञापनपत्र पत्रमा कैलालीको टीकापुरमा स्थापित उत्पिडित दलित सँग संगठनहरु, टीकापुरका राजनीतिकदलहरु नागरिक समाजका संघ सस्थाहरुका पदाधिकारीहरुकाे हस्ताक्षर सहित सहभागीता रहेकाे थियाे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्