मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने



काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबार प्रदेश १, बागमती, गण्डकी, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा बाँकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु।प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु।प, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

बुधबार देश भरि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्