कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री



काठमाण्डौँ, जेठ २८
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् ।

सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्