विप्लव नेकपाले दैलेखको विभिन्न ठाउँमा एमसिसी विरुद्धका पोस्टर टास्योँ




दैलेख संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेखले एमसीसी सम्झौता राष्ट्रघाती परियोजना भन्दै यसको खारेजीको माग राखेर जिल्लाका विभिन्न ठाउँमा पोस्टर टाँसेको छ ।

दैलेखले पार्टीको केन्दीय योजना अनुसार रास्टघाति एमसिसि परियोजना विरुद् आज जिल्लामा पोस्टर टाँसेको छ।पोस्टर टाँस्ने कार्य भोलि पनि जारि रहने कुरा नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज कमरेड दिपेन्द्रले जानकारी दिनु भएको छ।पार्टीले एमसिसि सम्झौता सँसदबाट पास गरिएमा आमहड्ताल सम्मको सघर्षको कार्यक्रम ल्याउने घोषणा गरेको छ।

पार्टीको निर्देशन अनुसार दैलेख जिल्ला रास्टघाति एमसिसि सम्झौता विरुद् लड्न तयार रहेको छ।जनचाहना बिपरित सँसदबाट एमसिसि सम्झौता जवरजस्ती पास गरिएमा सामाजिक दलाल सरकार र रास्टघाति एमसिसि सम्झौता विरुद् सम्पुर्ण देशभक्त लोकतान्त्रिक र बामपन्थी शक्तिहरु एकजुट भएर रास्टिय स्वाभीमानको आन्दोलन गर्ने कुरा जिल्ला ईन्चार्ज दिपेन्द्रले वताउनु भएको छ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पारित गराउन प्रधानमन्त्री केपी वली, काङ्ग्रेस सभापति शेरबहादुर देउवाहरू मरिमेटेर लागेपछि उक्त कार्य राष्ट्रघाती भएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

उक्त विषयलाई लिएर सत्ताधारी पार्टीभित्र नै तीव्र विवाद र बहस जारी छ । केही समयपहिले संसद्मा केपी वलीले एमसीसी परियोजना झ्यालबाट नभई सीधै ढोकाबाट भित्रिने आशय व्यक्त गरेपछि उक्त परियोजना राष्ट्रघाती भएको भन्दै नेकपाका महासचिव विप्लवले विरोध गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।

जिल्लामामा विभिन्न राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, वकिल, प्राध्यापक, विद्यार्थी, लेखक, संस्कृतिकर्मी, नागरिक समाज एवम् विभिन्न सरोकारवालाहरूले यो सम्झौताको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्