मनसुनी वायुको प्रभावः अधिकांश स्थानमा भारी वर्षा हुने



काठमाडौं । आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ ।

अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेकोमा दिउँसोसम्म मुलुकका अधिकांश प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो र राति बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायु र पश्चिमी भू(भागको पश्चिमी वायुको प्रभावले अब केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्