देशभरको मौसम बदलीः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह



काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू(भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको हो ।

दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । महाशाखाले १, २ बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन आह्वान गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान:

असार ०४ गते
दिउँसोः प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०५ गते
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०६ गते
दिउँसोः सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । देश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्