डडेलधुरामा आरडीटी नेगेटिभ भई घर फ़र्काइएका ४६ जनामा कोरोना देखियो

कहाँ राख्ने भन्ने अन्योलमा


काठमाडौं । डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना आडीटी टेस्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।

परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ । गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरुमा कुनै पनि लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो गाइडलाइन अनुसार घर पठाइएको गाउँपालिकाका अध्यक्ष नलबहादुर मल्लले जानकारी दिए ।

उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए । यस्तै परशुराम नगरपालिकाका २१ जना कोरोना संक्रमितमध्ये ६ जना घर गइसकेको पाइएको छ ।

अब उनीहरुलाई डडेलधुरा अस्पताल पठाउने कि स्थानीय तहकै आइसोलेसनमा राख्ने भन्ने छलफल भइरहेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्