गण्डकी प्रदेश: भारतबाट फर्किएका थप २४ जनामा देखियो कोरोना



काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । बागलुङमा १४, कास्कीमा ६, नवलपरासी ९वर्दघाट सुस्ता पूर्व०मा २ र स्याङजा २ जना गरी २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमित सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेकाहरु हुन् । २४ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्