नवलपरासीमा करेन्ट लागेर १ जनाको मृत्यु !



रबिन्द्र यादव , नवलपरासी पश्चिम । नवलपरासीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपु गाउँपालिकामा बिहिवार घरमै करेन्ट लागेर प्रतापपुर गाउँपालिका ८ बद्रिघाटका ५० वर्षिय खजन्ती राजभरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार घरको छतमा रहेको टिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको थियो । राजभरलाई करेन्ट लाग्नासाथ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याइएको थियो । तर उनको मृत्यु भएको घोषणा गरियो ।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्