लकडाउन व्यवस्थित गर्न गृह मन्त्रालयले तोक्यो नयाँ सुरक्षा मापदण्ड



काठमाण्डौँ, असार ५
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गृहमन्त्रालयले लकडाउन व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड जारी गरेको छ।

शुक्रबार मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गरेको हो।

जसअनुसार अब राती १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन।

त्यस्तै बिवाह, मृत्यु संस्कार तथा पूजापाठमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ।
नयाँ मापदण्डअनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठलगायतका सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो।

यस्तै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रुको ओसारपसार गर्न पाइने छैन।

तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा, सेवा प्रवाह एवम् आवातजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने स्यानिटाइजर साथमा राख्नुपर्ने नयाँ सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्