तमानखोलामा भारी वर्षा, दैनिकीमा कष्टकर




जसिन्द्र श्रीपाली/बाग्लुङ
बाग्लुङ तमानखोला गाउपालीकामा तीन दिन देखि लगातार वर्षा भए संगै त्यहाको दैनिकी निकै कष्टकर बन्दै गइरहेको छ, गाउँ घरमा असार महिना कामकाजको हिसाबले अत्यन्तै ब्यस्त रहने महिना भए पनि बर्साको कारण दैनिक कामकाजमा बाधा पुगेको स्थानीयको दुखेसो छ।

यतिबेला तमानखोलाको ६ वटै वडामा आलु मकै लगायतको विभिन्न सिजने वाली स्याहार्ने र कुटाइ दोहोर्‍याइ गर्ने समय हो तर केहि दिन देखी निरन्तर वर्षा भए संगै स्थानीय किसान मर्कामा परेका हुन । असार मसान्त नजिकिदै गरे संगै गाउघरमा यतिबेला योजनाका विभिन्न काम सिध्याउने चतारो थपिएको छ , तर निरन्तर झरिको कारण समयमै काम सिध्याउन मुस्किल पर्छ कि भन्ने डर थपिएको विभिन्न योजना उपभोक्ता अध्यक्ष हरु को चिन्ता छ!

बर्साकै कारण ठाउँ ठाउँमा पहिरो जाने , पानीका मुहान फुटेर बाटोमा समस्या आउने लगायतका कारण सदरमुकाम वा नजीक का शहर बाट सामान ल्याउन मुस्किल परेको बताउदै काम गर्न निक्कै गाह्रो परेको उनीहरुको दुखेसो छ।यता स्थानीयले गाई बस्तुलाई घास पात ल्याउन जंगल जान समेतकठिनाई परेको बताएका छन ।

साझ देखी बिहान सम्म निरन्तर झरी पर्नाले कतै अप्रिय घटना घट्छ कि भन्नेमा अझै बिशेश सन्त्रास रहेको स्थानीय बासिन्दाको दुखेसो रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्