देशभरको मौसम बदलीः भारी वर्षा र बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान



काठमाडौं । मनसुन सुरू भएसँगै मुलुकभर वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ यसैगरी भारतको पूर्वि उत्तर प्रदेशको भू(भागमा न्युन चापिय प्रणालीको समेत विकास भएकाले दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जरूरी छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :

असार ०७ गते
दिउँसोः गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०८ गते
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

असार ०९ गते
दिउँसोः देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्