ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी



सैघाली खबर
ताप्लेजुङ,२३ मंसिर


एक मात्र प्रतिनिधिसभा सदस्य रहेको ताप्लेजुङमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका सचिव योगेश भट्टराई भारी मत अन्तरले विजयी भएका छन् ।
भट्टराई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भएका हुन् । भट्टराई २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी दाहालले १६ हजार ८ सय ८८ मत ल्याएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्