सैघाली खबर
काठामाडौं,२३ मंसिर
चर्चित क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार ५८ मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार नयाँ शक्ति नेपालका बाबुराम भट्टराईले २० हजार ८ सय ९७ मतका साथ अग्रस्थानमा रहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी वामगठबन्धनका तर्फका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ १७ हजार ८ सय २९ मत प्रप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ मा कूल मतदानको करिब ५० प्रतिशत मत गनिसकिएको बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।