मनसुन सक्रिय, बिहानैदेखि देशैभर वर्षा, आजदेखि वर्षाको मात्रा बढ्ने



काठमाण्डौ । मनसुन देशैभर फैलिएकाले पूर्वतयारी वर्षा, बाढी, पहिरो तथा डुबान बच्नमा लाग्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । महाशाखाका अनुसार जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको छ ।

आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज आइतबार जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ । योसँगै मौसमी गतिविधि बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न हुन सम्बन्धित निकायलाई अनुरोध छ ।’

महाशाखाका अनुसार आजदेखि वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना छ । अहिले बिहानै देखि देशभर मौसम बदली छ र वर्षा भइरहेको छ । आज दिनभरि पनि देशैभर वर्षाको सम्भावना छ भने ‘काठमाडौं उपत्यकामा पनि दिनभरि नै पानी पर्ने सम्भावना देखिएको छ । देशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पूर्वतयारी थाल्न र सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्