राष्ट्रिय सभाबाट पारित भयो बजेटसँग सम्बन्धित तीन ओटा विधेयक



काठमाण्डौँ, असार ८
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका बजेटसँग सम्बन्धित विभिन्न तीन ओटा विधयेक पारित गरेको छ ।

सभाको सोमवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई पारित गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको स्पष्ट पारे ।

साथै उनले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउँदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रू. २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्