अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । नेपालमा आजदेखि मनसुनी गतिविधि बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा जेठ ३० गते नै मनसुन भित्रिएकोमा असार ७ गतेसम्म देशभर फैलिसकेको थियो ।

ीष्लअयलि भ्मगअबतष्यलब िऋयलकगतिबलअथल्क्ष्ऋ ब्कष्ब द्यबलपीक्ष्ऋ ल्भउब
ियससँगै मनसुनको न्यून चापीय रेखा आजबाट नेपालको पूर्वी भूभाग नजिकै रहने देखिन्छ । फलतः पानी पर्ने क्रम बढ्ने अनुमान गरिएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :

असार १० गते
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार ११ गते
दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १२ गते
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्