पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना संक्रमण



काठमाडौं । पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना भाईरसको संक्रमण भएको छ ।पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक आफ्ना सात खेलाडीलाई संक्रमण भएको पुष्टि गरेको हो ।

तीन जना खेलाडीमा संक्रमण पुष्टी भएको २४ घण्टा नबित्दै थप ७ जना क्रिकेटरमा संक्रमण देखिएको हो ।

बोर्डका अनुसार कोरोना संक्रमित हुने क्रिकेटरहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज छन् ।

बोर्डले यस अघि शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जनाएको थियो ।

१० क्रिकेटरलाई संक्रमण पुष्टी भएसँगै अर्को हप्ता इंग्ल्याण्डसँग हुने तय भएको क्रिकेट श्रृंखला धरापमा परेको छ ।

कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका खेलाडी २८ जुनमा इग्ल्यान्ड जाने बताईएको छ । पाकिस्तान र इंग्ल्याण्डबिच तीन टेस्ट र तीन ट्वेन्टी ट्वेन्टी खेलको तयारी भईरहेको छ ।

पाकिस्तानमा हाल कोरोना संक्रमणको दर उच्च छ । त्यहाँ १ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण हुँदा ३ हजार ७ सय जनाले ज्यान गुमाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्