एमसिसि किन चाहियो ? : हामी दिन्छौ ५५ अर्ब त्यो पनि एक बर्षमै



हामी दिन्छौ ५५ अर्ब ५ बर्षमा होइन १ बर्षमा नै एमसिसि किन चाहियो ? के को लागी चाहियो ? कसलाई चाहियो ? यो ५५ अर्ब मैले मेरो आफ्नो घर घरान बाट दिने होइन मेरो,आफ्नो निजि सम्पत्ति बाट दिने होइन

यो त मैले लुकेको पैसा देखाइदिने हो। भन्नु होला काहा छ त यत्रो लुकेको पैसा ?

हाम्रो देशमा मेयर उपमेयर ९०० जना सांसद,मन्त्री, सिडिओ, सहायक सिडिओ, एलडिओ, इन्जिनियर, ओभर सियर, सचीव, मुख्य सचिव र अन्य सरकारी निकायमा काम गर्ने हाकिम साहेक हाकिम सबैले चड्ने गाडी र त्यसको इन्धन गाडी मर्मत अनि त्यो गाडी चलाउने ड्राइभरले लिनेे तलब भत्ता एक बर्षको हिसाब गर्ने हो भने लगभग ५५ अर्ब भन्दा धेरै हुन्छ

गाडी के को लागी चडिन्छ ? आवश्यकताको लागी चाहिन्छ नेपालमा जम्मा ५ वटा निकायलाई मात्रै गाडीको आवश्यकता छ त्यो हो बिजुली टेलिफोन खानेपानी सडक बिभागको पनि हाकिम लाई होइन फिल्ड कर्मचारीलाई मात्रै र त्यसपछी पुलिस आर्मीको पनि हाकिम लाई होइन उद्दार टोलि लाई मात्रै।

माथीको ५ वटा निकाए बाहेक हाम्रो रास्ट्रपति र प्रधानमन्त्री लाई पनि गाडी सुबिधा दिनु पर्दैन अरुको त कुरो नै छोडीदिनुहोस गाडी चढ्नलाई त्यो मान्छेको माथीको ५ निकाएको जस्तो गाडी चड्ने काम पनि हुनु पर्यो नि ? होइन र ?

गाडी चड्नै मन भए रास्ट्रको सार्वजनिक सम्पत्ति बाट होइन आफ्नै निजि सम्पत्ति बाट चढ्नुपर्यो कि होइन भने बिजुलि टेलिफोन खानेपानी सडक बिभागको फिल्ड कर्मचारी बन्नु पर्यो कि पुलिस आर्मीको उद्दार टोलि बन्नु पर्यो। यो कुरा हाल रास्ट्रको ढुकुटीबाट गाडी सुबिधा लिनेहरु रास्ट्रपति र प्रधानमन्त्री देखि लिएर सबै जनालाई भनेको हो जस जसले गाडी चड्नु भएको छ

राज्य बाट गाडी सुबिधा लिनेहरु सबै जाना धेरै तलब भत्ता खानेहरुमा पर्नु हुन्छ उहाहरु पनि तेहि अफिस जाने अनि त्यो अफिसमा काम गर्ने कम तलब खाने पियन देखि लिएर अन्य साधरण कर्मचारीहरु पनि तेहि अफिस जाने अफिस नै जानको लागी अब हामीले करोडौंको गाडी किनेर धेरै तलब भत्ता खानेहरु लाई किन दिने ? यदि गाडी सुबिधा दिने नै हो भने कम तलब खानेहरुलाई दिनु पर्यो।

धेरै तलब भत्ता खानेहरु लाई नै गाडी सुबिधा रे आवास सुबिधा रे अनि त्यतिले पनि नपुगेर करोडौंको उपचार सुबिधा रे के यस्तै हुन्छ रास्ट्रको नीति ? के यहि हो हाम्रो रास्ट्रीय नीति ?

रास्ट्र बाट करोडौंको गाडी चड्ने तपाईहरुले अहिलेसम्म रास्ट्रलाई खै के दिनु भयो ? मैले त रास्ट्रलाई यो भिजन र डिजाइन त दिए।

लेखक : रुद्र शर्मा / दाङ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्