चट्याङ किन पर्छ? कसरी बच्ने ?



काठमाडौं । हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ। असार ११ गते एकैदिने चट्याङमा परेर सप्तरीका चार, मकवानपुरका दुई र मोरङका एक गरी ६ जनाको ज्यान गएको छ । चट्याङ भन्नेबित्तिकै सबैको मनमा डर उत्पन्न हुने गर्दछ । चट्याङले लागेर धेरै ठाउमा मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

चट्याङबाट नेपालमा सर्वसाधारणले ज्यान गुमाउने, पशुचौपाय मर्ने र घरगोठको क्षति हुने समस्या वर्षौदेखि हुँदै आएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा चट्याङ लागेर नेपालमा ४९ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइेत भएका थिए ।

चट्याङबाट गत वर्ष २ सय ४३ पशुचौपायको मृत्यु हुनुका साथै २३ घर र ३ गोठमा क्षति पुगेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७६र७७ मा चट्याङबाट ६१ जनाको ज्यान गएको छ भने ६९ जना घाइते र ३ जना बेपत्ता भएका थिए। चट्याङका कारण २०७६÷७७ मा १ सय १७ पशुचौपायको मृत्यु, १ सय १९ घर, २३ गोठमा क्षति पुगेको थियो । ३६ घर विस्थापित भएको थियो ।
प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोर्होयाएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् ।

बिजुली चम्किादा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरङ्ग पृथ्वीमा प्रवाह हुन्छ त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहापाइराख्नुपर्ने केही जानकारीहरु हामीले दिन गइरहेका छौं ।

बिजुली चम्किने र मेघ गर्जन कसरी हुन्छ ?

चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ । जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासाग ठोकिन्छ त्यसपछि बिजुली चम्किने गर्छ ।

बिजुली चम्किादा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुादै जमिनको सतहमा आउाछ । त्यस्तै, बिजुली चम्किादा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ । चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुन सक्छ ।

चट्याङ किन पर्छ?

बिजुली चम्किँदा आकाशबाट शक्तिशाली विद्युतीय तरंग पृथ्वीमा प्रवाह हुन्छ । जसलाई चट्याङ भनिन्छ। सूर्यको किरण वायुमण्डलमा ठोक्किँदा पृथ्वीमा विद्युतीय चार्ज उत्पादन हुने र यसलाई सन्तुलनमा राख्न चट्याङ पर्ने गर्छ।

चट्याङ जुनसुकै मौसम र समयमा पर्न सक्ने भए पनि मनसुनअघिको अवधि ९मार्च–अप्रिल– मे०मा बढी पर्ने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘वायुमण्डल अस्थिर हुँदा आकाशमा कालो बाक्लो कुमुलो निम्बस बादलको मात्रा बढी हुन्छ, जसले गर्दा जमिनको तातो हावा उठेर माथिको चिसो हावासँग ठोक्किँदा चट्याङ पर्छ,’ महाशाखाकी मौसमविद् सजिना शाक्य भन्छिन्, ‘चट्याङबाट बच्न घरभित्र बस्ने र बाहिर भएको अवस्थामा आफ्नो उचाइ घटाउने हातले भुईं नछुने र रुखबाट टाढा बस्नुपर्छ।’

‘चट्याङ बिहानभन्दा बढी दिउँसोको समयमा पर्ने गर्छ, बिजुली चम्किएको र मेघ गर्जिएको बेला सकेसम्म घरबाहिर निस्कनु हुँदैन। निस्किएको भए पनि ३० सेकेन्डभित्र रुखभन्दा टाढा रहेर ओत लाग्नुपर्छ,’ शाक्य सुझाउँछिन्।

मेघ गर्जिएको र बिजुली चम्किएको बेला हातले पृथ्वीलाई छुन नहुने बताउँदै उनले भनिन्, ‘जनावर चारखुट्टे भएकाले मान्छेभन्दा बढी उनीहरूलाई चट्याङ लाग्ने गर्दछ ।’

चट्याङबाट कसरी बच्ने?

१- मेघ गर्जिएको र बिजुली चम्किएको बेला सकेसम्म घरभित्रै बस्ने
२।-घरबाहिर भए खोंच र होंचो ठाउँमा बस्ने
३- रूख नजिक नबस्ने
४- आफ्नो उचाइ कम गर्ने
५-जमिनलाई हातले छुन नहुने
६- विद्युतीय उपकरणको प्रयोग नगर्ने
७- धातुका चिज वस्तुहरू नछुने

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्