एक साताभित्र रसुवागढि नाका सञ्चालनमा आउने




काठमाण्डौँ, असार १२
चिन संगको एक मात्र व्यापारिक नाका रसुवागढि नाका अवको एक साताभित्र सन्चालनमा ल्याईने भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार असार १० गते नाकामा बसेको दुई देशबीचको सिमा सुरक्षा बैठक बसि नाका सन्चालनमा ल्याउने सहमति भएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै केरूङमा रहेको सामाग्री ल्याईदिने सहमति भएपछि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनु पर्नेछ ।

कोरोना भाईरसका कारण विगत ६ महिना देखि बन्द रहेको रसुवागढि नाका सन्चालनमा आउने भएपछि कामदारको विवरण उपलब्ध गराएपछि चिनियाँ पक्षले पाङसिङमा रहेका सामग्री नेपाल ल्याउन सुरू गर्ने छन।

यस्तै लोड अनलोडका लागि जाने कामदार तथा चालकको दैनिक स्वास्थ्य परिक्षण गरिने व्यवस्था नेपाल पक्षले गर्ने सहमति भएको छ।

नेपालवाट चिनको केरूङम बासको मुडा, काठको टेवल, अम्रिसोको कुचो, लगाएतका सामग्री निर्यात हुन्छ भने चिनको केरूङवाट रेडिमेट कपडा ईलेक्ट्रोनिक सामान, जलविद्युत् आयोजनाका सामग्री, फलफुल, टेलिकमका सामग्री आयात हुँदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्