वालुवाटारमै प्रधानमन्त्रीको खोजी : ओलीको बचाउमा उभिए योगेश भट्टराई




काठमाण्डौँ, असार १२
पार्टीको बैठक पार्टी कार्यालयमा बोलाउनु पर्ने प्रावधान भएपनि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहजताको लागि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेको छ । पार्टीको बैठक पार्टी कार्यालयमै राख्नु पर्ने आवाज पार्टीभित्र उठेपनि प्रधानमन्त्री ओलीले वेवास्था गर्दै आएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीको सचिवालय र स्थायी समितिको बैठक वालुवाटारबाटै सञ्चानलन हुँदै आएको छ । वालुवाटारमै सुरु भएको स्थायी कमिटीको बैठकमा स्वयमं पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको खोजी गरेका छन् ।

पार्टीभित्र आलोचना हुने भएपछि सकेसम्म प्रधानमन्त्री ओलीले सिधै आलोचना नसन्ने रणनीति बनाउदै अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री माथि प्रश्न उठिरहेको बेला नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् ।

मन्त्री भट्टराईले बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भन्नुभयो,बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् न ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्