आजको मौसम : देशका धेरै स्थानमा वर्षाको सम्भावना !



काठमाण्डौ । आज शनिबार पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १,२,५ र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ । तर काठमाडौं उपत्यकामा भने यतिबेला शनिबार बिहान ६ः३५ बजे घाम लागिरहेको छ । बुधबारदेखि देशभर वर्षा व्यापक बनेको हो ।

देशभर मनसुन सक्रिय हुनाका साथै नेपालको दक्षिणी सीमानिजकै मनसुनको न्यून चापीय रेखा रहेकाले मौसम बदली र वर्षा बढेको मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावाा देखिँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्