नेकपा स्थायी कमिटिको वैठक आजपनि बस्दै



काठमाडौं । नेकपा स्थायी कमिटिको वैठक आजपनि वस्दैछ । हिजोको वैठकको अध्यक्षता पुष्पकमल दाहालले गरेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अनुपस्थित हुनुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

ओलीको अनुपस्थितिका कारण स्थायी समिति सदस्यहरुवीचनै शंकाको वातावरण उत्पन्न भएको छ । वुधवारको वैठकमा प्रधानमन्त्री ओलीले आफू विरुद्ध घेरावन्दी गरिएको गुनासो गर्नुभएको थियो ।

शुक्रवार वसेको वैठकमा भने प्रधानमन्त्रीको उपस्थिती रहेन । स्थायी समितिका सदस्यहरुले आलोचनावाट वच्न ओली वैठकमा अनुपस्थित भएको आशंका गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्