सुनसरीका दुई स्थानमा कांग्रेसको अग्रता



सैघाली खबर
सुनसरी,२३ मंसिर


चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीका दुई स्थानमा कांग्रेसले अग्रता कायम गरेको छ । बाँकी दुई स्थानमा एमालेको अग्रता छ । कांग्रेस नेता विजयकुमार गच्छदार अझै अगाडि आउन सकेका छैनन् । नेता ज्ञानेन्द्रबहादुर कार्की र सीताराम मेहताले भने अग्रता लिइरहेका छन् ।

कांग्रेसको साथ लिएर चुनाव लडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जित सुनिश्चित गर्न सकेका छैनन् ।

जिल्लाको क्षेत्र नं. १ मा एमाले उम्मेदवार अग्रता जयकुमार राईले १२ हजार ८३७ मत ल्याउँदा संघीय फोरमका वरिष्ठ नेता अशोक राईले ७ हजार ५५५ मत ल्याएका छन् । क्षेत्र नं. २ मा कांग्रेसका सीताराम मेहताले माओवादीका डम्बर सुवेदीलाई पछि पारेका छन् । मेहताले ७ हजार १७४ मत ल्याउँदा सुवेदीले ६ हजार ९९ मत ल्याएका छन् ।

त्यस्तै, क्षेत्र नं. ३ मा कांग्रेस नेता विजयकुमार गच्छदार पछि परेका छन् । उनलाई एमाले नेतृ भगवती चौधरीले पछि पारेकी हुन् । गच्छदारले ५ हजार १५७ मत ल्याउँदा एमाले उम्मेदवार चौधरीले ६ हजार ८३० मत ल्याएकी छिन् ।

क्षेत्र नं. ४ मा कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले अग्रता लिइरहेका छन् । कार्कीले १० हजार ९५ मत ल्याउँदा प्रतिष्पर्धी एमाले नेता रमेश श्रेष्ठले ७ हजार ८६८ मत ल्याएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्