सैघाली खबर
लमजुङ,२३ मंसिर
प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् ।गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।