रानी पोखरीको निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)



काठमाडौँ / १५ असार
रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुननिर्माण अन्तर्गत पोखरीको पिँधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओछ्याइएको हो ।

यसअघि, ०७७ बैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अघि यो काम सक्ने तालिका भएपनि कोभिड–१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिइने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाइने बताइएको छ।

यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानी पोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।

ठेक्काको पनि करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले दिनुभायो । बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेको पनि बताउनु भएको छ ।

तस्विर : दिपेश न्यौपाने,थाहा अनलाइन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्