जसपाको बिरोध प्रदर्शन : नागरिकता विधेयकमा ७ वर्षे प्रावधान खारेज गर्न माग




काठमाण्डौँ, असार १६
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय समितिद्वारा प्रस्तावित नागरिकता विधेयकको विरोध गरेको छ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने प्रावधान पारित गरेको छ।

समितिले पारित गरेको सो प्रावधानसहितको विधेयक संसदमा छलफल गरी पारित गर्नका लागि पेश गरिएको छ।

सो सात–वर्षे प्रावधानको बिरोध गर्दै जसपा नेताहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

जसपा नेताले ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन्।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी थिए।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाकाे माग छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्