विप्लव समूहको दाङमा बिगबिगी



असार १६ / प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टीले शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीले जनविरोधी कार्य गरेकाले सामाजिक कारबाही गरेको जनाएको छ ।

पार्टीका शान्तिनगर सेक्रटरी कमल सिंहद्धार जारी विज्ञप्तीमा वडाध्यक्ष भएदेखि दर्जन बढी स्थानीयलाई कुटपिट गरेको, कुटपिटका मुद्दाहरु प्रहरी प्रशासनलाई प्रभावमा पारेर गुपचुपमा राखेको, विकास निर्माणका काममा आफना मान्छेलाई जिम्मा दिएर कमिशन खाने गरेको, अध्यक्षका आडमा जुवा खेल्ने र खेलाउने गरेको, राजनतिक प्रतिसोध साँध्दै सर्वसाधरणलाई दुःखदिने गरेको, विद्यालय, वन, खानेपानी जस्ता सार्वजनिक संस्थामा हस्तक्षेप गरेको र जनताको बिचमा जनप्रतिनिधि भन्दा पनि गुन्डा नाईको रुपमा परिचित भएको उल्लेख छ ।

व्यापक खोजी गरेका छौ :प्रहरी
वडाध्यक्ष डाँगीलाई कुटपिट गर्नेको खोजी कार्य व्यापक बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिहले जनाएका छन् ।
कुटपिटमा संलग्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनामा       संलग्नको           खोजीका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुर, ईलाका प्रहरी कार्यालय खिलतपुर र चिरा
घाट प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्