नेकपाले तमासा देखायोः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक कलहलाई लिएर बालुवाटारमा तमासा भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता गगन थापाले नेकपाको बर्तमान सरकार काम गर्ने सरकार नभएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेको प्रति इङ्गित गर्दै नेता थापाले नेकपाको तमासा अति भएको बताएका छन् ।

थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै फेसवुकमा लेखेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’ उनले अगाडी भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

नेकपा भित्र पछिल्लो समय सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण असफल भएको, कोरोना संक्रमण नियन्त्रणमा चुकेको लगायतका विषयमा चर्को असन्तुष्टि बढेको छ । ५ दिन देखि जारी नेकपाको स्थायी कमिटि बैठकमा अधिकांश सदस्यहरूले प्रधानमन्बी ओलीको राजीनामा मागेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केहि सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बिहानै राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका हुन् । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्