पाँच जनाले धारणा राखे पछि नेकपा स्थायी कमिटीको आजको बैठक सकियो



काठमाण्डौँ, असार १७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

संसद्मा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिए ।

आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्