विभिन्न वाहाना गरि शिक्षाको नाममा चर्को सुल्क उठाएको प्रति अखिल क्रान्तिकारी अर्घखाँचीको ध्यानाकर्षण



अर्घखाँची। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अन्तर्गतका अर्घखाँचीले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट शुल्क असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न वाहानामा चर्को अशुल गर्ने गरिएको विरुद्धमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई समितिलाई ध्यानाकर्षण पत्र बुझाएको अखिल (क्रान्तिकारी) अर्घखाँचीले जनाएको छ । अखिल त्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले आफुहरूकाे मागलाई बेवास्ता गरेमा कडा सघषं गनें चेतावनी दिनुभएको छ।

सघर्षको कार्यक्रम अनुसार असार १७ गते ध्यानाकर्षण–पत्र बुझाउने, असार १९ गते अन्तरक्रिया गर्ने, असार २१ गते शुल्क असुलीको विरुद्ध अभिभावक सहित बिरोध प्रदर्शन गर्ने,असार २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने बिद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने बताएको थियो । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने विज्ञप्तीमा उल्लेख रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्