को को छन् प्रधानमन्त्री ओलीका विपक्षमा ? (नामावली सहित)



काठमाडौं । ४४ सदस्यीय स्थायी कमिटिमा नेपाल कम्युनिस्ट पार्टीका अधिकांश सदस्यहरु प्रधानमन्त्री कपी शर्मा ओलीले सरकार र पार्टी अध्यक्ष दुवै बाट राजिनामा दिनुपर्ने पक्षमा उत्रिएका छन् ।
ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको निष्कर्ष निकाल्दै नेकपाका अधिकांश स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्रीका विरुद्ध एकत्रित भएका हुन् ।

नेकपाको ४४ सदस्यीय स्थायी कमिटिमा ३१ जना स्थायी कमिटि सदस्यहरु प्रधानमन्त्रीले पार्टी र सरकारबाटै राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने पक्षमा रहेको र यो संख्या आज अझै बढ्ने अनुमान छ ।
झम्सिखेल बैठकमा सहभागी भएका बहुमत सदस्यहरुले ओलीको नेतृत्वमा पार्टी र सरकार दुवै चल्न नसक्ने निष्कर्ष निकालेको थियो ।

झम्सिखेल बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय झलनाथ खनाल र बामदेव गौतम स्थायी कमिटि सदस्यहरु रामबहादुर थापा बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डेको सहभागीता थियो ।

यसैगरी गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल समेत प्रधानमन्त्री हटाउने पक्षमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्